ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गुडी रहेको सवारी माथि पहिरो खस्यो,एक महिला गम्भिर घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित फेसेवा जंगल नजिक फक्ताङलुङ गाउँपालिकातर्फ जाँदै गरेको पिकअप भ्यानमा माथिबाट झरेको पहिरो सहितको ढुङ्गाले लाग्दा एकजना गम्भिर घाईते घाईते हुनु भएको छ ।

गम्भिर घाइते लिङखिम तावाकी अन्दाजी २६ बर्षिय निर्मला गुरुङलाई फक्ताङलुङ गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ पठाइएको स्थानीय भीम लिम्बूले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको पिकअप भ्यानलाई बाटो माथिबाट आएको पहिरो सहितको ढुङगाले लागेको थियो ।

घाइतेको टाउकोमा गम्भिर चोट रहेको प्रहरीले जानकारी दिएको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङका अनुसार पहिरोका कारण ट्याक्सीमा समेत क्षति भएको छ । पहिरोमा परेको सवारीलाई फेवा कन्ट्रक्सनको मेसिनद्धारा उद्धार गरिदैं छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बस्नेतका अनुसार गाडी चालक रुपेश सुनुवार सिँवा प्रहरी चौकीको सम्पर्कमा रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts