पेदाङकी ६ बर्षिय वालिका सन्ध्या भण्डारी कावेली खोलामा वेपत्ता,खोजी कार्य जारी

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङ होक्माका टंक(काजी) भण्डारीकी ६ बर्षिया छोरी सन्ध्या भण्डारी कावेली खोलामा खसेर वेपत्ता हुनु भएको छ ।

स्थानीय टिकटक झरनाबाट उहाँ कावेली खोलामा परी वेपत्ता हुनु भएको तेल्लोक निवासी अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेना,नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतको प्रयासमा वेपत्ता बालिकाको खोजी कार्य जारी छ ।

रात परेका कारण शुक्रवारको खोजी कार्य रोकिएको र शनिवार बिहानबाट पुनःखोजी कार्य जारी रहने भट्टराईले जानकारी दिनुभयो ।

Similar Posts