अखिल(क्रान्तिकारी)ताप्लेजुङमा नयाँ नेतृत्व,अध्यक्षमा पन्दाक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार सम्पन्न अखिल क्रान्तिकारीको १२ औं जिल्ला सम्मेलनबाट अध्यक्षका अर्का प्रत्यासी तेन्जित कार्कीलाई पराजित गर्दै पन्दाक निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदमा निर्वाचित पन्दाकले ७९ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका कार्कीले ५४ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । अखिल क्रान्तिकारीको जिल्ला कमिटी चयनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो । अध्यक्षबाहेक ३९ सदस्यीय जिल्ला कमिटीको अन्य पदमा भने सर्वसहमति जुटेको थियो ।
जिल्ला कमिटीको उपाध्यक्षहरुमा रोषन सावादेन, काजीमान बिष्ट र मनिता रसाइली चयन हुनुभएको छ । यस्तै सचिवमा हेमन्त पौडेल क्षेत्री, सहसचिवमा राज गुरुङ, मिलन कालिकोटे र निकिता आङ्बुहाङ तथा कोषाध्यक्षमा सुजन अन्छङ्बो चयन हुनुभएको निर्वाचन समिति संयोजक हाङ्बाङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts