अलैंची बगान सफा गर्ने क्रममा ताप्लेजुङको खेवाङका एक युवालाई अरिङ्गालले चिल्यो,अवस्था मध्यम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालले चिल्दा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङको लुखुदिनका ३२ बर्षिय दीपेन लिम्बू घाईते हुनु भएको छ ।

स्थानीय हस्तबहादुर लिम्बूका छोरा उहाँलाई थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको छ । अचेत अवस्थामा रहनु भएका उहाँलाई प्राथमिक उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार दीपेनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । दीपेनका दाजु गुणराज लिम्बूका अनुसार दीपेनलाई ५०–६० वटा अरिङ्गालले चिलेको थियो । अहिले अलैंची बगानमा अलैंची टिप्ने तथा बगान सफाई र फाँडफुँड गर्ने समय हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts