फुङलिङको नयाँ बसपार्क सञ्चालनमा,पार्किङका लागि पुगे सवारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङ सदरमुकाम फुङलिङको नयाँ बसर्पाकमा बिहीबारबाट सवारी पार्किङ गर्न सुरु गरिएको छ ।

सुरक्षा निकायका प्रमुख समेतको उपस्थितिमा फुङलिङ नगरपालिकामा बसेको बैठकले तीनअघि मात्र बिहीबारबाट चार पाङ्ग्रे सवारी प्रवेश तथा पार्किङ नयाँ बसपार्कमा गर्ने निर्णय गरेको थियो ।

तोक्मेडाँडामा रहेको अस्थायी बसपार्कको सट्टा अब नयाँ बसर्पाकमा सवारी साधनको प्रवेश तथा पार्किङ गर्नेगरी भएको निर्णय कार्यान्वयनमा आउन थालेको छ ।

नगरपालिकाले नयाँ बसपार्कमा आवश्यक अन्य पूर्वाधार समेत बनाउने यसअघि नै निर्णय भइसकेको छ । त्यहाँ अहिले सिसी क्यामेरा समेत जडान भइसकेको नगरपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts