तीनमहिना पछि सुकेटार बिमानस्थलमा बस्यो जहाज

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १९ । नेपाल वायु सेवा निगमले तीन महिना भन्दा लामो अवधि पछि बुधवार सुकेटार बिमानस्थलमा कामाण्डौं–ताप्लेजुङ–काठमाण्डौं उडान भरेको छ ।

सुकेटार बिमानस्थलमा गत जेठ ११ गते कामाण्डौं–ताप्लेजुङ–काठमाण्डौं उडान भएयता उडान ठप्प थियो । गत साउन ३० गते उडान तालिका राखेपनि उडान भने भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीले मौसममा आएको खरावी सहितका कारणबाट रोकिएको उडान अब नियमित तालिका अनुसार हुने जानकारी दिनुभयो ।

कार्कीका अनुसार हाललाई सातामा एकदिन बुधवार मात्रै उडान तालिका राखेको छ । तर,यात्रु भए उडान तालिका थप्ने योजना रहेको निगमले जनाएको छ । बुधवार काठमाण्डौबाट ४ जना यात्रु बोकेर आएको जहाजले फर्कदा भने २ जना मात्र लिएर गएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts