नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सर्लाहीका एक युवक ताप्लेजुङमा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १७ । १३ वर्षीया एक नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २३ बर्षिय एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं ९ का अरुणकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १० गते ति नावालिकालाई ताप्लेजुङमा बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महतोलाई प्रहरीले फुङलिङ नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको हो ।

महतोलाई जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । पक्राउ परेका उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम कारबाही अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts