प्याब्सन आवद्ध बिद्यालय स्तरीय बुद्धिचालको उपाधिमा लिटलबुद्धको वर्चश्व

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १५ । निजी तथा आवसीय बिद्यालयहरुको छाता संगठन जिल्ला प्याब्सन ताप्लेजुङले सञ्चालन गरेको प्याब्सन आवद्ध बिद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधिमा लिटलबुद्ध बोर्डिङ स्कुलले वर्चश्व कायम गरेको छ ।

लुटलबुद्ध आयोजक भइ सञ्चालित प्रतियोगितामा सोहि बिद्यालयकी रिस्ता गुरुङ र खुसी श्रेष्ठ क्रमशःप्रथम र द्धितीय हुनुभयो । तमोर इङलिस बोर्डिङ स्कुलका राजु निरौला तृतीय हुँदा ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलकी एञ्जिला गुरुङ सान्त्वना हुनु भएको छ । जिल्ला प्याब्सनले कार्यतालिका बनाई प्याब्सन आवद्ध बिद्यालयहरुकाबिचमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।

अघिल्लो कार्यसूचीमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । त्यसमा अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका बिद्यार्थी पहिलो हुनु भएको थियो । लिटबुद्धको कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र(गणेश)मावो लिम्बू,बुद्धिचाल संघका जिल्ला प्रतिनिधि सहित प्याब्सन आवद्ध बिद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts