|

निजी विद्यालयका छात्र–छात्राबिच बुद्धिचालमा प्रतिस्पर्धा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावसन) ताप्लेजुङको आयोजनामा बुद्धिचालमा छात्रछात्राले प्रतिस्पर्धा गरेका छन् । व्यावसनको वार्षिक कार्यतालिकाअनुसार आयोजित बुद्धिचाल प्रतियोगितामा छात्रछात्राले प्रतिस्पर्धा गरेका हुन् ।
सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयमा शुक्रबार प्रतियोगिता आयोजना गरिएको हो । प्यावसन ताप्लेजुङमा आवद्ध निजी विद्यालयमा अध्ययनरत बिद्यार्थीबिच भएको बुद्धिचाल प्रतियोगितामा माध्यमिक तहको छात्रतर्फ कञ्चनजंघा बोर्डिङ स्कूलका अर्पन भट्टराई प्रथम, मेची सेन्ट मेरिज बोर्डिङ स्कूलका सर्मिन पौडेल द्वितीय र नवज्योति कञ्चन एकेडेमी बोर्डिङ स्कूलका मिलन लिम्बू तृतीय हुनुभएको छ ।
यस्तै माध्यमिक तह छात्रातर्फ नवज्योति कञ्चन एकेडेमी बोर्डिङकी सृष्टि लिम्बू लिटल बुद्ध आवासीय माविकी खुसी श्रेष्ठ र अक्फोर्ड मोडेल इङ्लिस बोर्डिङकी अप्सरा लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । आधारभूत तह छात्रतर्फ नवज्योति कञ्चन एकेडेमीका तारा लिम्बू प्रथम, अक्फोर्डका सम्राट लुइटेल द्वितीय र तमोर इङ्लिस बोर्डिङ स्कूलका राजु निरौला तृतीय बन्नुभएको छ ।
यसैगरी गरी आधारभूत तह छात्रातर्फ लिटलबुद्धकी रिस्ता गुरुङ प्रथम, पाथीभरा क्यु लर्निङ बोर्डिङ स्कूल हाङ्देवाकी किञ्जल हिङमाङ द्वितीय र नवज्योति कञ्चन एकेडेमीकी रुथ शेर्पा तृतीय हुनुभयो । बुद्धिचाल प्रतियोगिताअन्तर्गत माध्यमिक र आधारभूत दुवै तहतर्फका बिजेता छात्रछात्रालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज गिरीका अनुसार विश्व बृद्धिचाल संघको फिडे नियमअनुसार प्रतियोगिता सञ्चालन गरिएको थियो । विद्यार्थीको सर्वांगीण विकासमा सहयोग पु¥याउने उद्देश्य राखेर प्यावसनले बुद्धिचालसहित विभिन्न रचनात्मक क्रियाकलापहरु गर्दै आएको प्यावसन जिल्ला अध्यक्ष गणेश सिग्देलले बताउनुभयो ।
बुद्धिचालका बिजेतालाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), लिटलबुद्ध आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कीर्तिमान मादेनलगायतले पुरस्कार वितरण गर्नुभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts