ताप्लेजुङ गोल्डकपको फाइनलको दिनमात्रै टिकट बिक्रीबाटै उठ्यो १० लाख बढी,७ दिनका खेलमा उठ्यो झण्डै २४ लाख

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १० । लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङ गोल्डकपको फाइनलको दिन मात्र प्रवेश शुल्क १० लाख १४ हजार रुपैयाँ संकलन गरेको छ ।

लाखेजात्रा सञ्चालन समितिले सोमवार फाइनलका दिन ४ हजार ५६ जनाले टिकट लिएको र त्यसवापत १० लाख १४ हजार रुपैयाँ संकलन भएको जनाएको छ ।

यसअघिका ६ खेलको प्रवेश शुल्क वापत लाखेजात्रा सञ्चालन समितिले १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो ।

यसो गर्दा लाखेजात्रा सञ्चालन समितिले यसबर्षको प्रवेश शुल्क वापत २३ लाख ७६ हजार ६ सय रुपैयाँ संकलन गरेको छ । फाइनलको दिनको प्रवेश शुल्क जनही २ सय ५० रुपैयाँ तोकिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts