|

खेजेनिममा पहिरो जाँदा घरमा क्षति

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा भीषण वर्षासँगै गएको पहिरोले एक घरमा क्षति गरेको छ । शनिबार साँझपछि सुरु भएको भीषण वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको मिक्खोक याक्पा टोलका स्थानीय पूर्ण शेर्पाको घरमा पहिरोले क्षति गरेको हो ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार घरमाथिदेखि झरेको पहिरोले ढुंगा, माटो र जस्तापाताको प्रयोग भई बनेकोे शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरो झर्न सुरु भएको थाहा पाएपछि शेर्पाको परिवारका सदस्यहरु भाग्न भ्याएकाले मानवीय क्षति हुन नपाएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पहिरोले घर क्षतिग्रस्त बनाएपछि पीडित अर्थात शेर्पाको परिवार अहिले सुरक्षित ठाउँमा छिकेकीको शरण लिएर बस्दै आउनुभएको बताइएको छ । यता पहिरोले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको पनि गाउँपालिकाले जनाएको छ । यसअघि गत असार पहिलो साता खेजेनिममै पहिरो जाँदा गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगाउँदा बाबु, आमा र दुई बहिनीसमेत चार जनाको ज्यान गएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts