ताप्लेजुङको खेवाङका वडाध्यक्ष दाहालद्धारा ताप्लेजुङ गोल्डकपका लागि २ लाख ५२ हजार प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका वडाध्यक्ष बुद्धिप्रसाद दाहालले दोस्रो ताप्लेजुङ गोल्डकपको उपबिजेताले पाउने पुरस्कार रकम प्रायोजन गरिदिनु भएको छ ।

दाहालले २ लाख ५२ हजार ५ सय ५ रुपैयाँको चेक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङ र कोषाध्यक्ष निरोज श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ । यसपटकको गोल्डकपका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।

खेल क्षेत्रको सम्मान तथा विकासका लागि आफुले उक्त सहयोग गरेको दाहालले बताउनुभयो । दाहाल गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts