आईएमई लाईफ इन्स्योरेन्स कम्पनीद्धारा ताप्लेजुङको खेजेनिमका पहिरो पीडित बालबालिकालाई सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखाले बाढीपहिरोबाट प्रभावित बालबालिकालाई लत्ताकपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।

फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका पहिरो प्रभावित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । शाखा प्रमुख सूर्य गुरुङका अनुसार बाढीपहिरो प्रभावित खेजेनिका तिङ्दु, सिबु र खेजेनिम मावि आसपासको क्षेत्रका १६ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो । खेजेनिममा गएको असार पहिलो साता आएको पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको थियो भने दर्जनौं परिवार विस्थापित भएका थिए ।

कम्पनीको सातौं बार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अभियान अन्तरगत लत्ताकपडा र शैक्षिक सामग्री प्रदान गरिएको शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं २ का वडाध्यक्ष भूपेन्द्र चौलागाइँ,खेजेनिम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सन्जय लिम्बू सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts