ताप्लेजुङमा ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकियो,रोपाइँ हुने क्षेत्र भने बर्षेनि खुम्चदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २७ । ताप्लेजुङमा करिव ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी(अधिकृत स्तर छैटौं)शशीकुमार सिंहका अनुसार ताप्लेजुङमा ९७.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । सिंहका अनुसार ताप्लेजुङमा ५ हजार ६६६.३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । त्यसमध्ये ५ हजार ५२४.६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको उहाँले जानकारी दिएनुभयो । ताप्लेजुङमा धान रोपाइँ हुने क्षेत्रभने खुच्मदै गएको छ । केहि बर्ष अघिसम्म यहाँ ८ हजार ७३७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको थियो । यो हिसावले ३ हजार २ सय हेक्टर भन्दा बढी क्षेत्रमा धान रोपाइँ हुन छाडेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार ताप्लेजुङमा बेलगुटी,भँगेरे र अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती बढी मात्रामा लगाउने गरिएको छ । यस बाहेक अनदी,चम्पे,बासमति,खुमल–४,खुमल–१०,सुख्खा–१ र जिरा मसिनो जातको धानबाली समेत लगाउने गरिएको छ । ताप्लेजुङमा साउन अन्तिम सम्मनै धान रोपाइँ गर्ने गरिएको छ । अधिकाँस क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने अवस्थामा कारण औसतमा धेरै र थोरै वर्षा हुँदा यहाँ धान रोप्न कठिन हुन्छ । मकैबाली लगाएको क्षेत्रमा सो बाली थन्क्याएपछि मात्र रोपाँई गर्ने गरिएको छ । यहाँका ९ स्थानीय तहका ६१ वटा वडामध्ये उच्च हिमाली क्षेत्रका केहि वडामा भने धान रोपाइँ गरिदैन ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts