| |

जनता माविमा अखिल क्रान्तिकारीको इकाइ कमिटी गठन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २२ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको जनता माध्यमिक विद्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) को इकाइ कमिटी गठन भएको छ । मंगलबार भएको इकाइ भेलाले स्वस्तिका नेपाली अध्यक्ष रहेको १९ सदस्यीय इकाइ कमिटी गठन गरेको हो ।
इकाइ कमिटीको उपाध्यक्षमा सुवास लिम्बू, सचिवमा चेतन श्रेष्ठ, सहसचिवमा सुमन राई र कोषाध्यक्षमा सन्देश राई चयन हुनुभएको छ । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज किरण लिङ्देन र जिल्ला कमिटी सहसचिव तेन्जित कार्कीको उपस्थितिमा इकाइ कमिटी गठन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts