| |

हावाहुरी र वर्षाले कृषि बालीमा क्षति

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १६ । मंगलबार राति आएको हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कृषि बालीमा क्षति गरेको छ । राति करिव १०ः३० बजेपछि मेघ गर्जनसहित आएको हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा मकैलगायतका कृषि बालीमा क्षति गरेको हो ।
हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साविक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पु¥याएको छ । वर्षा र हावाहुरीले मकैबाली, तरकारी बाली, नगदेबाली अलैँची लगायतमा क्षति पु¥याएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
हावाहुरीले घोगा लाग्ने बेलाको मकैबाली ढालेर सोत्तर बनाएको स्थानीय किसानले बताएका छन् । त्यस्तै बन्दा कोपीलगायत तरकारी बालीमा हावाहुरी र वर्षाले क्षति गरेको छ । फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँची बालीमा पनि हावाहुरी र वर्षाले क्षति पु¥याएको छ । हावाहुरीले बोट भाँच्नुका साथै ढालेर क्षति गरेको छ भने वर्षाका कारण भलबाढीले तरकारी बाली र अलैँचीको फूल तथा दाना लाग्न सुरु गरेको थुँगालाई पुरेर क्षति गरेको किसानको भनाइ छ ।
यसैगरी वर्षाका कारण भलबाढी आउँदा किसानले लगाएको खेतीबालीसँगै कृषि तथा ग्रामीण सडकसमेत अवरुद्ध बनेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । भलबाढीले सडकमा क्षति गरेपछि बुधबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts