आव २०८०।८१ मा ताप्लेजुङमा घरेलु तथा लघु उद्यममार्फत करिव ४ सयले पाए रोजगारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १५ । घरेलु तथा साना उद्योगमार्फत आर्थिक बर्ष २०८०।८१ मा ताप्लेजुङमा करिव ४ सय जनाले रोजगारी पाएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा उद्यम विकास सहजकर्ता नवीन भट्टराईका अनुसार ७८ जना नयाँ उद्यमी थपिँदा ३ सय ८५ जना नयाँ रोजगार थपिएका हुन् । उहाँका अनुसार २ सय १५ जना पुरुष र १ सय ७० जना महिलाहरु नयाँ रोजगारका रुपमा थपिए । आव २०८०।८१ मा ५० पुरुष र २८ महिला उद्यमी बनेका थिए । भट्टराईका अनुसार आव २०८०।८१ मा १ सय १२ वटा उद्योग नविकरण भए । ७ वटा उद्योगको नामसारी,५ वटा उद्योगको पुँजी थप र २ वटा उद्योगको ठाउँसारी भएको छ । ३ वटा उद्योगले मौजुदा उद्देश्यमा थप गरेका छन् । ८ वटाको लगत कट्टा गरिएको छ भने १३ वटाको प्रतिलिपि जारी भएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ ।

वाणिज्य फर्मतर्फ भने २७ वटा दर्ता हुँदा ७८ वटा नविकरण भए । ३ वटाको उद्देश्य थप र ४ वटाको पुँजी बृद्धि भएको छ । ८ वटा उद्योगको प्रतिलिपि जारी हुँदा एउटाको नामसारी र ३ वटाको नाम परिवर्तन भयो । वाणिज्य फर्मतर्फ आव २०८०।८१ मा ८ वटा उद्योग खारेज गरिएको छ । घरेलु उद्योगतर्फ आव २०८०।८१ मा प्रालि २ र व्यक्तिगत फर्म ७४ गरी ७६ उद्योग दर्ता भए ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts