|

ढुंगेसाँघुमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार प्र १–०२–००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते हुनुभएको थियो । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका तामाङको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मृतक तामाङको सव अहिले जिल्ला अस्पतालको सवगृहमा राखिएको छ । ढुंगेसाँघुको कागतेस्थित भित्री सडक भुसुने स्वास्थ्य इकाइदेखि सोही टोल भुसुनेतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको थियो । उकालो सडकमा ट्रली फसेपछि ट्रयाक्टर निकाल्ने प्रयास गर्दा करिव २० मिटर तल झरेर दुर्घटना भएको थियो ।
ट्रयाक्टरका चालक सोही ठाउँका सनबहादुर तामाङ भने सकुसल रहेका र तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts