|

ट्रयाक्टर चोरी गरेको आरोपमा युवक पक्राउ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २६ । ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्रयाक्टर चोरी गरेको आरोपममा प्रहरीले पक्राउ गरेको हो ।
मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे १ त ७१७१ नम्बरको ट्रयाक्टर गएको शनिबार चोरी भएको थियो । चोरी भएको उक्त ट्रयाक्टर खोजतलास गर्ने क्रममा एक दिनपछि आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो ।
भट्टराईको हराएको ट्रयाक्टर फेला परेपछि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिन खोज्दा मगर भागेर फरार भएका थिए । प्रहरी टोली उक्त दिन ट्रयाक्टर मात्र नियन्त्रणमा लिन सफल बनेको थियो । त्यसबेला फरार भएका मगरलाई भने मङ्गलबार राति आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक लुंगेलीका अनुसार फरार रहेका मगर पक्राउ परेपछि मुलुकी अपराधसंहिता २०७४ को दफा १४(३) बमोजिम बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts