आठराई त्रिबेणीले ल्यायो ५० करोड ५४ लाख रुपैयाँको बजेट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१।८२ का लागि कूल ५० करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले सोमवार सम्पन्न बर्षे अधिबेशनमा उक्त बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ । बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ । बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ ।

यस्तै संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । यस्तै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ । पालिकाले गतबर्षको नगद मौज्दात ८ करोड ७२ लाख गरी कूल ९ करोड ७ लाख ७० हजार रुपैयाँलाई कूल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts