वडाभरीका २१ बिद्यार्थी,७ शिक्षक र ७ विब्यस र शिक्षक अभिभावक संघलाई पुरस्कृत गर्दै फुनपा ८

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले वडाभरीका ७ वटै बिद्यालयका उत्कृष्ट शिक्षक,बिद्यार्थी,बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।

वडापालिकाले कक्षा १ र २ मा अध्ययनरत बिद्यार्थीहरुलाई‘बुक लेस’कार्यक्रम अन्तरगत १ लाख ७० हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक खरिद गरी बिद्यालयलाई हस्तान्तरण गर्ने भएको छ । फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार ७ वटा बिद्यालयहरुमा अध्ययरत बिद्यार्थीमध्ये बिद्यालयमा नियमित उपस्थित,सरसफाईमा ध्यान दिने,पढाईमा लगनशिल र जेहेन्दार र इमान्दार हुने प्रत्येक बिद्यालयका तीनजना बिद्यार्थी पुरस्कृत हुनेछन् । पहिलो हुनेलाई नगद १५ हजार,द्धितीय हुनेलाई नगद १० हजार र तृतीय हुनेलाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिने सुनुवारले जानकारी दिनुभयो ।

यस्तै वडाभरी रहेका प्रत्येक बिद्यालयका उत्कृष्ट शिक्षकलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको छ । वडाभरी रहेका बिद्यालयका उत्कृष्ट बिद्यालय व्यवस्थापन समिति र उत्कृष्ट शिक्षक अभिभावक संघका अध्यक्ष समेत पुरस्कृत तथा सम्मानित हुनुहुने भएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts