लेदो सहितको बाढीले ताप्लेजुङमा बोलेरो गाडी बगायो,यात्रु सकुशल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २ । ताप्लेजुङको फुङलिङ नगपालिका वडा नं ९ स्थत हिरेवा खोलामा लेदो सहितको बाढीले एउटा बोलेरो गाडी बगाएको छ ।

मे१ज२५७९ नम्बरको गाडी मित्लुङबाट ताप्लेजुङ सदरमुकामतर्फ आउने क्रममा लेदो सहित हिरेवा खोलामा आएको बाढीले करिव १५ मिटर तल सम्म बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

लुङगेलीका अनुसार आफैं स्टार्ट बन्द भई अघि नसेको अवस्थामा माथिबाट आएको लेदो सहितको बाढीले बगाएको थियो । गाडी चालक राजकुमार पौडेल सहितका सवार व्यक्ति सुरक्षित रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts