दोभान आँखा उपचार केन्द्रको सेवा अब आफ्नै भवनबाट

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २ । ताप्लेजुङको मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा सञ्चालित दोभान आँखा उपचार केन्द्रको सेवा आफ्नै भवनबाट प्रदान गर्न सुरु गरिएको छ ।

कोशी प्रदेश सरकारले नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मातहत सञ्चालित दोभान आँखा उपचार केन्द्रको भवन निर्माण कार्य पूरा गरिदिएपछि अब दोभान आँखा उपचार केन्द्रले आफ्नै भवनमार्फत उपचार सेवा प्रारम्भ गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभाति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले कार्यालयका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन सहित नवनिर्मित भवनबाटै आँखा स्वास्थ्य सेवा प्रारम्भ भएको जानकारी दिनुभयो । २०७८ साउन २ गते देखि भाडामा लिएको घरबाट दोभानमा आँखा सेवा प्रारम्भ गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts