ताप्लेजुङको फुलवारीमा सकियो ७ दिने साबुन बनाउने तालिम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीमा ७ दिने साबुन बनाउने तालिम सकिएको छ ।

स्थानीय सगरमाथा बहुउद्देश्यीय महिला समूहको आयोजना र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा जेठ २५ गतेबाट सुरु भएको तालिम बिहीबार सकिएको हो । तालिमको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले प्राप्त गरेको सीपको उपयोग गरेर सामूहिक उत्पादनमा जोड दिदै व्यवसायिक उत्पादन सुरु गर्न सहभागीलाई आग्रह गर्नु भएको छ ।

पोमूले आर्जन गरेका सीपलाई व्यवसायिक उत्पादनसंग जोड्ने प्रयास सहभागीले सुरु गरे गाउँपालिकाले त्यसका लागि सहयोग गर्ने बचन समेत दिनु भएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ,प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई,वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ सहितका जनप्रतिनिधिहरु एवम् पालिकाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts