फुलवारीका किसानलाई फलफूलका बिरुवा बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका किसानलाई सुन्तला,कागती र लिचीका बिरुवा बितरण गरिएको छ ।

फलफूल खेतिका इच्छुक किसानलाई उल्लेखित प्रजातिका बिरुवा बितरण गरिएको सो वडाका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो । फुलवारी सुन्तला,कागती र लिची उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो ।

सुन्तला,कागती र लिचीको उत्पादनमा व्यवसायिकता सृजना गरी राम्रो आर्थिक सम्भावना बलियो बनाउन कृषि कार्यक्रम अन्तरगत चालू आर्थिक बर्षको बजेटबाट फलफूलका बिरुवा बितरण गरिएको वडाध्यक्ष सेन्दाङले जानकारी दिनुभयो ।

Similar Posts