ताप्लेजुङको हाङपाङमा ७ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ जेठ २७ । नेतृत्व तथा क्षमता विकासका लागि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पामा आइतवारबाट ७ दिने उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ ।

तालिममा आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधी सहित २८ जनाको सहभागिता रहेको तालिम आयोजक संस्था महिला उत्थानका लागि प्रगतिशिल मञ्च ताप्लेजुङका अध्यक्ष बबिता पोमूले जानकारी दिनुभयो । असार १ गते सम्म चल्ने तालिमको पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुनेछ ।

तालिम उद्घाटन गर्दै पालिका अध्यक्ष दिपेन्द्र पोमू ( दिपेन) ले नेतृत्व क्षमता विकासका लागि तालिम प्रदान गरिएकोले तालिमप्रति उच्च लगाब र मेहनेत लगाउन सहभागीलाई आग्रह गर्नु भएको छ । पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले नेतृत्व क्षमतामा सुधार ल्याउन तालिमको आयोजना गरिएको बताउँदै तालिम उपलब्धीमूलक बनाउन उत्प्रेरक बनी सिकाईमा सहभागी बन्न आग्रह गर्नुभएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले क्षमता र ज्ञान बेगर नेतृत्व विकास सम्भव नहुने देखेर पालिकाले यो तालिमका लागि आयोजक संस्थासंग आर्थिक साझेदारी गरेको बताउनुभयो । तालिम सञ्चालनका लागि गाउँपालिकाले महिला उत्थानका लागि प्रगातिशील मञ्चलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts