किसानलाई जैविक मलको उत्पादन र प्रयोगमा प्रोत्साहित गर्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जैविक मल उत्पादनका लागि पालिकाका कृषकहरुलाई प्रोत्साहित र उत्प्रेरित गर्ने भएको छ ।

विदेशी विज्ञको उपस्थितिमा जैविक मल उत्पादन सम्बन्धी तालिम दिई किसानलाई जैविक मल उत्पादनका लागि प्रेरित र प्रोत्साहित गर्न अनुदान समेत उपलब्ध गराउने पालिकाको योजना छ । फक्ताङ्लुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार जेठ २४ गते देखि पालिकाका ७ वटै वडाका २–२ जना कृषकलाई जैविक मल उत्पादन सम्वन्धी तालिम दिईने छ । तालिमप्राप्त व्यक्तिले सम्वन्धित वडामा गई वडाका कृषकहरुलाई जैविक मल उत्पादन सम्वन्धी जानकारी र दक्षता प्रेषण गर्ने पालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि प्रत्येक वडामा दुई–दुई राख रुपैयाँ विनियोजन गरेको छ ।‘रसायनिक मललाई क्रमशःबिस्थापन गरी जैविक मल उत्पादन र प्रयोगतर्फ प्रोत्साहित गर्ने पालिकाको नीति अनुरुप यस्तो कार्यक्रम अघि सारिएको हो’पालिकाका सूचना अधिकारी रिजालले भने । पालिकाले हिमालय एग्रोइकोलोजिको प्राबिधिक सहयोगमा विगत समय देखि नै अग्र्यानिक कृषि उत्पादन सम्वन्धी अभियान सञ्चालन गरिरहेको छ । पालिकामार्फत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्र समेत सञ्चालनमा छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts