बुबाआमा बिहिन १६ बर्ष मुनि उमेरका बालबालिकाकालाई शैक्षिक प्रोत्साहन भत्ता दिँदै ताप्लेजुङको मेरिङदेन

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २० । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले बुबाआमा नभएका बिशेष संरक्षणको आवश्यकता भएका पालिकाका १६ बर्ष मुनिका बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर सुब्बाका अनुसार पालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत यस्तो प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ । त्यसका लागि सम्वन्धित व्यक्तिलाई जेठ मसान्त सम्ममा आबेदन दिन पालिकाले आवह्वान गरेको छ ।

आबेदकले जन्मदर्ताको प्रतिलिपि,आमाबुबाको मृत्यु दर्ताको प्रतिलिपि,संरक्षकको नागरिकताको प्रतिलिपि,वडाको सिफारिस र दुईप्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राख्नुपर्ने भएको छ ।

Similar Posts