पाथीभरा याङवरकका किसानले ५० प्रतिशत अनुदानमा पाए मागमा आधारित कृषि सामग्री

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मागमा आधारित कृषि सामग्री प्रदान गरेको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले पालिकाका ६ वटै वडाका ५० बढी कृषकले यस्तो सहयोग प्राप्त गरेको जानकारी दिनुभयो । यो सामग्रीमा प्रदान गर्न गाउँपालिकाले आफुलाई खेतिपातिको प्रकृयामा आवश्यक पर्ने उपकरण प्राप्तिका लागि निबेदन दिन आवह्वान गरेको थियो ।

किसानले आफुलाई आवश्यक सामग्री माग गरेअनुसार सामग्रीको कुल मूल्यको ५० प्रतिशत रकम पालिकाले व्यहोर्ने र ५० प्रतिशत सम्वन्धित किसानको योगदान रहनेगरी सामग्री बितरण गरिएको पालिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts