चौथो मेयर कप जितेर पाथीभरा याङवरकले लग्यो दुई लाख ७५ हजार रुपैयाँ,सिदिङ्वा उपबिजेता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ ।

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सञ्चालित भलिबल प्रतियोगितामा पाथीभरा याङवरक गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित ग¥यो । पाथीभरा याङवरक पछिल्ला खेलहरुमा लगातार अपराजित रही खेलको लयमा रहेको टिम हो । उसले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि समेत जितेको थियो । संयोग के भने पछिल्ला तीन खेलहरुमै पाथीभरा याङवरकले सिदिङ्वा फाइनल प्रतिद्धन्दी पाएको थियो भने तीनै खेलमा सिदिङ्वालाई हराएको छ ।

जीतसंगै पाथीभरा याङवरक गाउँपालिकाले दुई लाख ७५ हजार एकसय रुपैयाँका साथ ट्रफी पाएको छ भने उपबिजेता भएको सिदिङ्वा गाउँपालिकाले एकलाख ४० हजार एकसय रुपैयाँ पाएको छ । सेमीफाईनल पुग्ने सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाले समान ४५–४५ हजार रुपैयाँ पाएका छन् । पाथीभरा याङवरक गाउँपालिकाले खेलाडीको सम्मानका लागि भन्दै खेलाडीले जिते बराबर रकम पालिकाबाट थप गरेर खेलाडीलाई बितरण गर्दै आइरहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts