जन्मदिनमा ‘बर्थडे पाटी’को सट्टा सामाजिक कार्यमा सहयोग गर्ने परम्पराको जग बस्दै

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २ । जन्मदिनमा साथीभाई र आफन्त डाकेर भव्य पाटी गर्ने परम्परालाई पन्छाउँदै ताप्लेजुङको आठराई त्रिबेणीका एक व्यक्तिले बिद्यालयलाई सहयोग गर्नु भएको छ ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङ घरभई हाल काठमाडौं बस्ने भूपु ब्रिटिस आर्मी डम्बरबहादुर यक्सो लिम्बूले आफ्नो ६५ औं जन्मबर्षमा सरस्वती माध्यमिक बिद्यालयका बिद्यार्थीका लागि ६ थान फुटबल र ३२ थान जर्सी सहितका सामाग्री उपलब्ध गराउनु भएको छ । जन्मदिनको अवसरमा यक्सोकी श्रीमति सुकमायाले १० हजार तथा बहिनी हर्कमायाले ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको सो बिद्यालयका शिक्षक राजु पोखरेलले जानकारी दिनुभयो ।

उक्त रकम बिद्यालयका कक्षा १ देखि ५ सम्मका उत्कृष्ट तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री बितरणमा खर्च गरिने बिद्यालयले जनाएको छ । जन्मदिनको अवसर पारेर यक्सो परिवारले बिद्यालयका बिद्यार्थीलाई चियाखाजाको समेत प्रवन्ध गर्नु भएको थियो । जन्मदिनको अवसरमा पुण्य काममा सहयोग प्राप्त भएकोप्रति बिद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तामाङले आभार प्रकट गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts