खैरो हेरोईन सहित ताप्लेजुङमा २ जना युवा पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । प्रतिवन्धित लागु औषध खैरो हेरोईन सहित ताप्लेजुङमा २ जना युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार लागु औषध खैरो हेरोईन जस्तो देखिने ४० मिलीग्राम(४ ग्राम)पदार्थ सहित उनीहरुले प्रयोग गर्ने स्कुटर समेत प्रहरीले बरामद गरेको हो । लुङगेलीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ घर भएका ३१ बर्षिय सुवासचन्द्र दाहाल र सोहि वडा बस्ने २५ बर्षिय योगेश भारती रहेका छन् ।

प्रहरीले उनीहरुलाई मेवाखा प्रहरी चेकपोष्टबाट नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक लुङगेलीका अनुसार पाँचथरतर्फबाट ताप्लेजुङ आइरहेको प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त परिमाणको लागु औषध खैरो हेरोईन फेला परेको हो । उनीहरुलाई ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts