क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फुङलिङमा युवाहरुको प्रदर्शन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३१ । क्रिकेटर सन्दीप लामिछानेका पक्षमा सोमवार ताप्लेजुङका युवाहरुले प्रदर्शन गरेका छन् ।

क्रिकेटर लामिछानेलाई न्याय दिनुपर्ने माग सहित युवाहरुले स्फुर्त रुपमा प्रदर्शन गरेको अभियानका संयोजक गोपाल गुरागाँईले जानकारी दिनुभयो । ‘सन्दीप हाम्रो सान हो,क्रिकेट हाम्रो मान हो’लामिछानेलाई झुटो मुद्दामा फसाउन पाइदैंन,सन्दीपलाई विश्वकप खेल्ने बाटो खुल्ला गर’जस्ता प्लेकार्ड र व्यानर सहित युवाहरुले वीरेन्द्रचौकबाट र्याली सुरु गरी तोक्मेडाँडामा पुगेर समापन गरेका थिए ।

अभियानका संयोजक गुरागाँईले सन्दीपको न्यायका लागि कतिदिन कुनुपर्ने भन्दै न्यायमा भइरहेको ढिलाईप्रति रोष समेत प्रकट गर्नु भएको छ । क्रिकेटर लामिछानेले खेलका माध्यमबाट नेपालको पहिचान दिलाएपनि उहाँप्रति हुन पुगेको अन्यायबाट आफुहरु दुःखित भएको गुरागाँईले प्रतिक्रिया दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts