सीमा सुरक्षा सहितका बिषयमा नेपाल र तिब्बतका अधिकारीबीच सिमानाका टिपतालामा छलफल

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीबीच सीमा सुरक्षा सहितका बिषयमा सिमानाका टिपतालामा छलफल भएको छ ।

करिव ५ हजार १ सय मिटर उचाईमा रहेको टिपताला पुगेका नेपाली अधिकारीले सीमा सुरक्षा,अवैध चोरी निकासी नियन्त्रण सहितका बिषयमा दुबै पक्षले सहकार्य गर्ने काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा टिपताला पुगेको नेपाली अधिकारी र तिब्बतका अधिकारीबीच सीमा सुरक्षा निकायबीच पारस्परिक सूचना आदान प्रदान गर्ने सहितका बिषयमा छलफल भएको छलफलमा सहभागी ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा हुने अपराधसम्बन्धी सूचना–आदान प्रदान गर्ने,संगठित अपराध नियन्त्रण,बहुराष्ट्रिय अपराध,लागुऔषध, मानवबेचविखन जस्ता आपराधिक गतिविधिहरु नियन्त्रण गर्ने बिषयमा दुवैपक्षले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

‘सिमा सुरक्षा र पारस्परिक सहकार्य केन्द्रित बिषयमा छलफल भई दुबै पक्षबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भएको छ’डिएसपी रावलले भन्नुभयो । उहाँले प्रतिबद्धता अनुसार प्रगति दिनेगरी काम हुने समेत बताउनुभयो । प्रजिअ आचार्य,डिएसपी रावल,सशस्त्र प्रहरी वल नं १ गुल्मका गुल्मपति सशस्त्र प्रहरीका डिएसपी रवीन सिलवाल सहितका सुरक्षा अधिकारी छलफलमा सहभागी हुनुहुन्थ्यो । सिमा सुरक्षा अन्तरगत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(विओपी)मौवाटारमा रहेको छ भने नेपाल प्रहरीको सिमा सुरक्षा टोली ओलाङचुङगोलामा रहेको छ ।
फोटो ः टिपताला नाकामा नेपाली र तिब्बती अधिकारीबीचको छलफल । तस्बिर सौजन्य ः जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङ

Similar Posts