जंगली च्याउ खाएपछि ताप्लेजुङको फुङलिङ बोझेका एक दम्पति बिरामी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १२ । जंगली च्याउ पकाएर खाएपछि ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ बोझे बस्ने एक दम्पति बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ६६ बर्षिय हर्कबहादुर तुम्बापो र उहाँकी ६५ बर्षिया श्रीमति चन्द्रा तुम्बापो बिरामी पर्नु भएको हो । बिरामी भएकामध्ये मुटुमा समस्या समेत भएका कारण श्रीमान् हर्कबहादुरलाई ताप्लेजुङ जिल्ला अस्पतालबाट थप सुविधा सम्पन्न अस्पताल रिफर गरिएको छ भने श्रीमति चन्द्रा सामान्य अवस्थामा फर्किनु भएको छ ।

प्रहरीका अनुसार निज दम्पतिले उतिसको रुखमा उम्रिएको रातो जंगली च्याउ खाएको र बेलुका भात र दही खाएपछि पेट दुखेकोले घरेलु औषधि(बुढी ओखित) बनाई खाएपछि रिंगटा लाग्ने,वान्ता आउने र मुख समेत झमझम गर्ने समस्या देखिएको थियो । त्यसपछि उहाँहरुलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याईएकोमा श्रीमान् हर्कबहादुरलाई मुटु समेतको थप समस्याका कारण ताप्लेजुङ जिल्ला बाहिर रिफर गरिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । सांकेतिक तस्बिर

अरुलाई पनि शेयर गरौ !

Similar Posts