पार्टी र प्रत्येक नेता कार्यकर्ताले जनभावना अनुसार आफुलाई बदल्नु अनिवार्य ः माओवादी केन्द्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १० । नेकपा माओवादी केन्द्र ताप्लेजुङले संक्रिणता,झुण्ड,गुट र पूर्वाग्रहले एकीकृत कम्युनिष्ट पार्टी बन्न नसकी कम्युनिष्ट भित्र विभाजनको लहर मौलाएको बताएको छ । उसले माओवादी पार्टी र प्रत्येक नेता कार्यकर्ताले जनभावना अनुसार आफुलाई बदल्नु अहिलेको प्रमुख चुनौति रहेको औंल्याएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापनाको दिवसको अवसरमा सोमवार पत्रकार भेटघाट कार्यक्रममार्फत माओवादी केन्द्रले बृहत्तर वामपन्थी शक्तिको एकता र प्रगतिशिल राष्ट्रवादी शक्तिहरुको मोर्चाबन्दीमा जोड दिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)ले अस्थिर खालको संसदीय शासन प्रणालीलाई बदल्नुपर्नेमा जोड दिनुभयो । सामान्य सामाजिक र आर्थिक अनुशासन पालना गर्न नसक्दा पार्टी र नेताहरुप्रति जनताको विश्वास घट्दै गएको माओवादी केन्द्रले ठम्याएको छ ।

युवाहरुको बैदेशिक पलायन र बसाँईसराई विकराल समस्या सृजना हुँदै गएको उसले बताएको छ । पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोग सदस्य इन्द्रकुमार श्रेष्ठ,पार्टीका जिल्ला समन्वय समिति संयोजक विष्णुकुमार हाङवाङ(विरु),प्रदेश सचिवालय सदस्य तथा जिल्ला कार्यालय सचिव सागरमणि गौतम,फुङलिङ नगर कमिटी अध्यक्ष गंगाराम शंकर सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts