ताप्लेजुङको फुङलिङस्थित गैरीगाउँमा आगलागी,एकघर ध्वस्त हुँदा चौबिस लाख बढीको क्षति
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ गुरुङ गुम्बास्थित गैरीगाउँमा शुक्रवार बिहान भएको आगलागीका एकघर ध्यवस्त हुँदा २४ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार स्थानीय गणेश गुरुङको ढुङ्गा,माटो र काठले बनेको टिनको छानो भएको तीनतले घर आगलागीले ध्वस्त भएको हो । प्रहरी निरीक्षक लुङगेलीका अनुसार आगलागीबाट २४ लाख ३१ हजार २ सय ५० रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ । बिद्युत सर्ट भई आलगागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागीबाट अन्नपात,लत्ताकपडा,भाडावर्तन,सुनचाँदी समेत नष्ट भएको प्रहरीले बताएको छ । पशु र पंक्षि समेत आगलागीबाट मरेका छन् । आगलागीले घर नजिकै रहेको टिनको टाटी बेरा भएको भान्छा घर समेत नष्ट भएको छ । स्थानीय बासिन्दा,नेपाल प्रहरी,सशस्त्र प्रहरीले फुङलिङ नगरपालिकाको दमकल समेत प्रयोग गरे आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी दिएको छ ।