ताप्लेजुङ प्रशासन कार्यालयद्धारा सबै निबेदन र फोटोकपी सेवा सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ४ । जिल्ला प्रशासन कार्यालय कार्यालय ताप्लेजुङले सेवाग्राहीलाई कार्यालयकै कार्यक्षबाट उक्त कार्यालयमा प्रयोग हुने निबेदन फारम निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रशासन कार्यालयले उक्त कार्यालय प्रयोजनमा प्रयोग हुने सबै किसिमका कागजातमा चाहिने फोटोकपी समेत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो ।‘अब सेवाग्राहीले फोटो र हुलाक टिकटका लागि मात्र जिल्ला प्रशासन कार्यालय बाहिर पुगेर सेवा लिनुपर्छ,सेवाका लागि चाहिने अरु सबै आवश्यक कागजात कार्यालय परिसरबाटै उपलब्ध हुने छ’सहायक प्रजिअ भट्टराईले भन्नुभयो ।

प्रशासन कार्यालयले सेवाग्राहीका लागि नागरिक सहायता कक्ष र कार्यालय परिसरबाटै राहदानीका लागि प्रयोग हुने अनलाइन फारम निःशुल्क भरिदिने गरेको व्यवस्थालाई समेत निरन्तरता दिएको छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले नागरिक सहायता कक्षको व्यवस्थापन कार्यको प्रारम्भ गर्नु भएको थियो भने सो पछिका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले आफ्नो कार्यकाल सुरु भएको १० दिनकै अवधिमा कार्यालय परिसरबाटै राहदानीका लागि प्रयोग हुने अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था सुरु गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts