नयाँ शैक्षिक सत्रका लागि शैक्षिक सुधारको योजना बनाउँदै मेरिङदेन,बैशाख ३ गते बृहत्त भेला
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । शैक्षिक सत्र २०८० को आत्मसमिक्षा तथा शैक्षिक सुधार र शैक्षिक सत्र २०८१ शैक्षिक कार्ययोजना तयारीका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले बृहत्त शैक्षिक भेला आयोजना गर्ने भएको छ ।
मेरिङदेन गाउँपालिकाका शिक्षा अधिकृत हरिबहादुर कुँवरका अनुसार यही बैशाख ३ गते शैक्षिक भेला बोलाईएको छ । सोहि भेलामार्फत २०८० सालको मेरिङदेन गाउँपालिका स्तरीय बार्षिक परीक्षाका बारेमा समेत समिक्षा हुने भएको छ ।
भेलामा पालिका भरी रहेका ३६ वटै सामुदायिक बिद्यालयका प्रधानाध्यापक सहित अन्य सरोकारवालालाई आमन्त्रण गरिएको मेरिङदेन गाउँपालिकाले जनाएको छ ।