दुईभन्दा बढी बिषयमा नन्ग्रेड मैवाखोला र फक्ताङलुङका दुईसय बढी बिद्यार्थीले कक्षा ८ को पढाई दोहो¥याउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २६ । कक्षा ८ को परीक्षामा दुईवटा बिषयमा उपयुक्त ग्रेड ल्याउन नसकेका बिद्यार्थी बाहेक सो भन्दा बढी बिषयमा उपयुक्त ग्रेड ल्याउन असफल मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाका बिद्यार्थीले फेरी कक्षा ८ को पढाई दोहो¥याउनु पर्ने भएको छ ।

दुबै पालिकाले बढीमा दुईवटा बिषयमा उपयुक्त ग्रेड ल्याउन नसकेका बिद्यार्थीलाई ग्रेडबृद्धि परीक्षाको मौका दिई सो भन्दा बढी बिषयमा उपयुक्त ग्रेड ल्याउन असफल बिद्यार्थीले कक्षा ८ को पढाई दोहो¥याउनुपर्ने निर्णय लिएका छन् । मैवाखोला गाउँपालिकाका शिक्षा प्राविधिक अर्जुन घिमिरेका अनुसार यो शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा लेखेका १ सय ७८ परीक्षार्थीमध्ये १ सय ४८ जनाले कक्षा ८ को पढाई दोहो¥याउनुपर्ने भएको छ । उहाँका अनुसार २५ जनाले ग्रेडबृद्धि परीक्षा लेख्न पाउने भएका छन् । परीक्षामा सहभागीमध्ये मैवाखोला गाउँपालिकाका ५ परीक्षार्थीमात्र उर्तीण भएको पालिकाले जनाएको छ । मैवाखोलाले ग्रेडबेद्धि परीक्षाका लागि आउँदो बैशाख १० गतेको समय निर्धारण गरेको छ । मैवाखोलाले गत चैत ७ देखि १५ गते सम्म कक्षा ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गरेको थियो ।

उता फक्ताङ्लुङ गाउँपालिका ५६ जना परीक्षार्थीले कक्षा ८ दोहो¥याउनुपर्ने भएको छ । शिक्षा अधिकृत पदबहादुर सोमैका अनुसार कूल १ सय ९७ परीक्षार्थीमध्ये ७६ जनाले ग्रेडबृद्धिको परीक्षा लेख्न पाउने भएका छन् । कूल परीक्षार्थीमध्ये ६५ जना उर्तीण भई कक्षा ९ मा भर्ना हुन योग्य रहेको समेत सोमैले जानकारी दिए । फक्ताङ्लुङले बैशाख ९ गते देखि ग्रेडबृद्धिको परीक्षा हुनेगरी कार्यतालिका निर्धारण गरेको छ । सो गाउँपालिकाले गत चैत ४ देखि १३ गते सम्म कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । पालिका स्तरीय शैक्षिक नतिजा सुधारका लागि आफुले यस्तो यस्तो हिम्मत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताउनुभयो ।

मैवाखोला गाउँपालिकाले कक्षा ८ बाटै माध्यमिक शिक्षा परीक्षा(एसईई)कै झल्को दिनेगरी प्रश्नपत्र तयार,उत्तर पुस्तिका जाँच पछि नतिजाका आधारमा ग्रेडबृद्धि परीक्षा समेत सञ्चालन गर्ने निधो लिएको हो । पालिका भन्दा बाहिरका बिद्यालयबाट विषय विज्ञ ल्याएर प्रश्नपत्र बनाएको पालिकाले उत्तरपुस्तिकको जाँच पनि पालिका बाहिरकै बिषय शिक्षकबाट गराई नतिजा प्रकाशन गरेपछि अब ग्रेडबृद्धिको परीक्षा समेत सञ्चालन गर्न लागिएको दुबै पालिकाले जनाएका छन् ।

कक्षा ८ को कमजोर नतिजा सुधारको बिषयमा सरोकारवालासंग छलफल गर्दै मैवाखोला गाउँपालिका ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts