प्रावि शिक्षकका लागि सिफारिस भई ताप्लेजुङ आएका ७८ जनाका लागि स्थानीय तह अनुसार दरबन्दी निर्धारण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २० । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई नियुक्तिका लागि स्थानीय तह अनुसारको दरबन्दी संख्या निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकामा २१ जनाको दरबन्दी देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार मैवाखोला गाउँपालिकामा १२ जना,सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी निर्धारण भएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जनाको दरबन्दी निर्धारण हुँदा फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी निर्धारण भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । इकाई प्रमुख भट्टराईका अनुसार रिक्त दरबन्दी भएका स्थानीय तह छनौटका लागि सम्वन्धित उम्मेदवारले चैत २५ गते भित्र निबेदन पेश गर्नुपर्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts