५० प्रतिशत अनुदानमा पालिकाका किसानलाई अलैंचीका बेर्ना उपलब्ध ताप्लेजुङको मेरिङदेन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिकाका नागरिकलाई ५० प्रतिशत अनुदानमा अलैंचीका बेर्ना उपलब्ध गराउने भएको छ ।

रामसाई,भर्लाङ्गे,गोलसाई,डम्बरसाई र जिर्मले जातका अलैंचीका बेर्ना उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार प्रतिशत अनुदानमा अलैंचीका बेर्ना लिन चाहने कृषक,कृषि फर्म,कृषि उद्यमी,कृषक समूह तथा कृषि सहकारीहरुले पालिकामा आउँदो बैशाख ६ गते सम्ममा आबेदन गर्नुपर्ने हुन्छ ।

आबेदकले उचाई सुहाउँदो अलैंचीका जात छनौट गरी नेपाली नागरिकताको प्रतिलिपि,संस्था वा फर्म दर्ता तथा नविकरण भएको प्रमाण कागज,पान र भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि,अघिल्लो आर्थिक बर्षको करचुक्ताको प्रतिलिपि,समूह र सहकारीको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि,बेर्ना रोप्ने स्थलको जग्गाको स्वामित्व खुलेको जग्गा धनी पूर्जा र जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र भाडामा लिएको जग्गाको हकमा सम्वन्धित वडा कार्यालयको रोहवरमा गरिएको करारनामा वा सम्झौतापत्र संलग्न गरी आबेदन दिनुपर्ने भएको छ ।

सामान्यता १ हजार ५ सय मिटर देखि २ हजार २ सय मिटर सम्मको उचाईमा क्षेत्रहरुमा रामसाई र भर्लाङ्गे प्रजाति,१ हजार २ सय मिटर देखि १ हजार ६ सय मिटर सम्मको उचाईमा गोलसाई तथा ६ सय मिटर देखि १ हजार २ सय मिटर सम्मको उचाईमा डम्बरसाई र जिर्मले प्रजातिको अलैंची खेति गर्न सकिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts