|

धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ११ । आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा सञ्चालित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितसँगै मरिक फुटबल क्लबले दुई लाख रुपैयाँ राशीको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको डाँडाबजार धनकुटाले एकलाख २० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।
उपाधि बिजेतालाई कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगाम र आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले ट्रफी र पुरस्कार वितरण गर्नुभएको थियो । सेमिफाइनलमा धरानले जिल्ला फुटबल संघ संखुवासभालाई र डाँडाबजारले आठराई गाउँपालिका तेह्रथुमलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
चाँगेको माछापोखरी हिटी क्लबको आयोजनामा चैत ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरान, धनकुटा, संखुवासभा, तेह्रथुमको दुई र स्थानीय तीनसमेत आठ टोली सहभागी भएका थिए ।
प्रथम पुरस्कार राशी आठराई त्रिबेणी गाउँपालिका र दोस्रो सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले प्रायोजन गरेको हो । ग्रामीण क्षेत्रबाट खेलकुद प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक माछापोखरी हिटी क्लबले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts