| |

सानिमा हाइड्रोपावरद्वारा महिला कर्मचारीलाई सम्मान

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २५ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना महिला कर्मचारीलाई सम्मान गरेको छ । शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ताप्लेजुङस्थित निर्माणधीन मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत महिला कर्मचारीलाई हाइड्रोपावर लिमिटेडले सम्मान गरेको हो ।
मध्य–तमोर जलविद्युत आयोजनाका व्यवस्था, स्थास्थ्य तथा सुरक्षा अधिकृत फुर्वा शेर्पाका अनुसार विभिन्न फाँटमा कार्यरत महिला कर्मचारीलाई सम्मान गरिएको हो । आयोजनाका प्रमख डा.मणिराज पोख्रेलले उपहार प्रदान गर्दै महिला कर्मचारीलाई सम्मान गर्नुभएको शेर्पाले जानकारी दिनुभयो ।
महिला कर्मचारीलाई सम्मान गर्नुहुँदै आयोजना प्रमुख डा. पोख्रेलले उहाँहरुको जिम्मेवारी र भूमिकाको प्रशंसा पनि गर्नुभएको छ । महिला कर्मचारीले बहन गर्दै आएको कामको प्रशंसा गर्दै उहाँहरुलाई डा. पोख्रेलले थप हौसलासमेत दिनुभएको शेर्पाले बताउनुभयो । कार्यक्रममा आयोजनाको प्रशासन, इन्जिनियरिङ विभाग, वातावरण विभाग, स्वास्थ्य सुरक्षा विभाग लगायतमा आवद्ध कर्मचारी तथा जनशक्तिको सहभागिता रहेको थियो ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

Similar Posts