भबितव्य घटनामा परी ताप्लेजुङमा चालू आवमा ३१ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २५ । ताप्लेजुङमा चालू आर्थिक बर्षमा भबितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार २६ पुरुष,३ बालक र २ महिलाको मत्यु भएको हो । लडेर,ढुङ्गाले लागेर वा पहिरोमा परेर,डुबेर,करेन्ट लागेर,चट्याङ लागेर र अन्य मृत अवस्थामा भेटिएको घटनालाई प्रहरीले भबितव्यको सूचीमा राख्ने गरेको छ ।

प्रहरी निरीक्षक लुङगेलीका अनुसार भबितव्य मध्ये सबैभन्दा धेरै १३ जनाको लडेर मृत्यु भएको छ । लडेर ११ पुरुष र २ बालकले ज्यान गुमाएका छन् ।

यस्तै ढुङ्गाले लागेर वा पहिरोमा परी ६ पुरुष र १ महिला गरी ७ जनाले ज्यान गुमाएका छन् । ४ पुरुष र १ महिला गरी ५ जना मृत अवस्थामा भेटिए । ३ पुरुष र १ बालक गरी ४ जनाको डुबेर मृत्यु भयो भने चट्याङ लागेर र करेन्ट लागेर १–१ पुरुष गरी २ जनाले ज्यान गुमाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts