एमाले ताप्लेजुङको जिल्ला अधिबेशन बैशाख २४–२५ मा,नयाँ नेतृत्व चयन हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २३ । नेकपा एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिबेशन २०८१ साल बैशाख २४ र २५ गते सम्म हुने भएको छ ।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको एमाले ताप्लेजुङका उपसचिव मणिशंकर पोमूले जानकारी दिनुभयो ।

जिल्ला अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । यस्तै आउँदो चैत २९ गते ताप्लेजुङमा नवनिर्मित मदन स्मृति भवनको उद्घाटन समेत हुने भएको छ । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय रहेको सो भवन निर्माण सम्पन्न भएपनि उद्घाटन भने भएको थिएन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts