जिसस महासंघ कोशी प्रदेश समितिको बैठक पाथीभरा मन्दिरमा बस्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १५ । पाथीभरालाई पर्यटकिय गन्तव्यको एक महत्वपूर्ण केन्द्र बनाउने अभिप्राय सहित जिल्ला समन्वय समिति महासंघको कोशी प्रदेश समितिको पाँचौं बैठक पाथीभरा मन्दिरमा हुने भएको छ ।

फागुन ३० गते ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरमा बैठक बस्ने जिल्ला समन्वय समिति महासंघको कोशी प्रदेश समिति उपाध्यक्ष तथा ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

‘पाथीभराको महिमा र गरिमा बढाउन तथा पाथीभरा एक प्रमुख पर्यटकिय गन्तव्य हो भन्ने सिद्ध गर्न पाथीभरा मन्दिरमै बैठक बस्ने निधोमा पुगेका हौं’लामाले भन्नुभयो ।

यसअघि घनेन्द्र मादेन जिसस प्रमुख भएका बेला प्रदेश १ का जिल्ला समन्वय समिति प्रमुखहरुको बैठक पनि पाथीभरा मन्दिरमै बसेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts