झापाबाट चोरी गरी ताप्लेजुङ ल्याईपु¥याईएका ७ थान मोटरसाईकल सहित एकजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १३ । झापा जिल्लाका बिभिन्न स्थानबाट चोरी गरी ताप्लेजुङ ल्याईपु¥याईएका ७ थान मोटरसाईकल प्रहरीले फेला पारी झापातर्फ लगेको छ ।

प्रहरीले चोरीमा संलग्न एक व्यक्तिलाई फेला पारी अनुसन्धान समेत सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ताप्लेजुङ प्रहरीसंगको समन्वयमा चोरी भएका मोटरसाईकल र चोरीमा संलग्न भएको अभियोगमा २७ बर्षिय योगेश मगर भनिने बालकुमार मगरलाई पक्राउ गरेको हो । उनलाई पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ बाट पक्राउ गरिएको समेत प्रहरीले बताएको छ । उनी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ६ घर भई हाल झापा बिर्तामोड बस्दै आएका थिए ।

ताप्लेजुङ प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले चोरीमा संलग्न मगर र ७ थान मोटर साईकल फेला पारी झापातर्फ लगिएको जानकारी दिनुभयो । प्रहरीका अनुसार कालोरातो मोटरसाईकल पल्सर ४ थान,कालो निलो मोटरसाइल पल्सर १ थान,रातो सेतो मोटरसाईकल पल्सर १ थान,एनएस मोटरसाईकल १ थान गरी कूल ७ थान मोटरसाईकल ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र सहित मेरिङदेन गाउँपालिकाको थुकिमा,लिङतेप र नाल्बु क्षेत्रबाट फेला पारिएको थियो ।
फेला पारिएका मोटरसाईकल । तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts