प्रभावकारी शिक्षण सिकाईको अपेक्षा सहित ताप्लेजुङको आठराई त्रिबेणीमा शिक्षकहरुलाई कष्टमाइज्ड तालिम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १२ । एकीकृत शिक्षण सिकाईका माध्यमबाट बालबालिकालाई सृजनशील र खोजमुलक बनाउने क्रममा शिक्षकहरुको दक्षता विकास गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षकहरुलाई कष्टमाइज्ड तालिम सुरु गरेको छ ।

५ दिन सम्म सञ्चालन हुने तालिमको गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले शुभारम्भ गर्नु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईका अनुसार पाठ्यक्रमले निर्धारण गरेका सिकाई उपलब्ध हाँसिल गराउन सक्नेगरी शिक्षकको क्षमता विकास गराउन तथा बिद्यार्थीमैत्री शिक्षण सिकाईलाई रचनात्मक ढंगले अघि बढाउन तालिम सुरु भएको हो । गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको संयोजनमा सुरु भएको तालिमले बिद्यार्थीमैत्री शिक्षण सिकाईका लागि शिक्षकलाई दक्ष र समक्ष बनाउने विश्वास गाउँपालिकाले लिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले जानकारी दिनुभयो ।

नेपालमा बिद्यालय शिक्षाको प्रारम्भिक कक्षाहरुमा एकीकृत पाठ्यक्रम लागु भएसंगै यसको कुशल र प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरुको दक्षता तथा क्षमता विकासका लागि यस्ता तालिमहरु सञ्चालन हुने गरेका छन् । यस्तो शिक्षण सिकाईका पाठ्यसामग्रीको परिचय,पाठ्यक्रम र पाठ्यसामग्रीबीचको अन्तर सम्वन्ध,एकीकृत बिषय क्षेत्र तथा एकीकृत सिकाई सहजीकरण प्रकृया,एकीकृत सिकाईका लागि योजना निर्माण,बिषयगत क्षेत्र शैक्षिक योजना,व्यवहार कुशलमा आधारित दैनिक योजना निर्माण,एकीकृत सिकाई सहजीकरणमा कक्षा व्यवस्थापन गर्ने तरिका पहिचान,सहजकर्ताबाट नमूना शिक्षण प्रस्तुति,सुक्ष्म शिक्षण अभ्यास अन्तरगत योजना,सामग्री,तयारी र प्रस्तुति तथा छलफल र पृष्ठपोषण सहितका बिषयमा जानकारी गराईने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts