घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर ताप्लेजुङको आम्बेगुदिनमा एकजनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ११ । घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ मा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ५६ बर्षिय कर्णबहादुर कुँवर रहनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको जानकारी आफुहरुलाई प्राप्त भएको समेत लुङ्गेलीले बताउनुभयो ।

स्थानीयले भने मृतकको नाम दुर्गाबहादुर भनेका छन् । स्थानीय शिक्षक तेजबहादुर भट्टराईले शुक्रवार ११ बजेतिर उक्त घटना भएको जानकारी दिनुभयो । घटना स्थल सुरक्षाका लागि आम्बेगुदिनको खाम्दिनेमा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिई गएको र घटनास्थल मुचुल्का सहितका लागि इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुरको टोली खटिएको समेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts